free website hit counter

ठूलो आइपीओमा ठूलै आकर्षण

beemaadmin
२०७७ माघ ७, बुधबार

काठमाडौं । इतिहासकै सबैभन्दा ठूलो आइपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) मा आवदेन दिनेको संख्या पनि ऐतिहासिक नै बनेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कूल १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रूपैयाँ बराबरको आवेदन परेको छ।

सो अवधिसम्ममा १५ लाख २९ हजार ४६० जना आवेदकले कूल १८ करोड १२ लाख ८६ हजार ७२० कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएको छ । यद्दपि, आवेदकहरूको सबै तथ्यांक संकलन नभइसकेकोले यो संख्या केही मात्रामा बढ्ने छ । यससँगै नेपालको इतिहासकै ठूलो आईपीओ निष्काशन गरेको बैंकको सेयरमा आवेदन पनि इतिहासकै बढी परेको छ । र, जुन कम्पनीले माग गरेको भन्दा २।३९ गुणा बढी आवेदन हो । कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर मात्रै माग गरेको थियो ।

Advertisement
Advertisement

बैंकले माघ २ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ०।२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

Advertisement
Advertisement

बिक्री प्रबन्धक क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।

सम्बन्धित समाचार