free website hit counter

नेपाल इन्स्योरेन्सले प्रस्ताव गर्यो १० प्रतिशत लाभांश

beemaadmin
२०७७ माघ १०, शनिबार

काठमाडौं । नेपालको सबैभन्दा पुरानो नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ ८ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्तावको निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ ।
उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण गरिनेछ ।

सम्बन्धित समाचार