काठमाडौं । वित्तीय क्षेत्रमा डिजिटल प्लेटफर्मको प्रयोग बढ्दो छ । यसलाई कोरोना कहरले पनि बढाउन सहयोग पु¥याएको हो । समयको बचन र जोखिमका हिसावले पनि डिजिटल प्लेटफर्मको प्रयोग निकै छिटो र सुरक्षित मानिन्छ । अहिले बैंक, वित्त, बीमा कम्पनीहरुले डिजिटल प्लेटमर्फको प्रयोगलाई बढावा दिइरहेका छन् । यही बेला महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरुलाई २४सै घण्टा डिजिटल प्लेटफर्मको प्रयोग गरी सबै किसिमका शुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।