काठमाडौँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब १ करोड ६० लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १ दशमलव २७ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४ करोड १८ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।
जगेडा कोषमा १३ अर्ब ५२ करोड रुपैयाँ संचिती रहेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड २८ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी पनि ९ दशमलव ५३ प्रतिशतले घटेर ३ अर्ब १२ करोड २६ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४५ करोड १६ लाख ८६ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
स्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १ दशमलव ४० प्रतिशतले घटेर २ अर्ब ८६ करोड ८५ लाख ७७ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९० करोड ९३ लाख ३५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।