free website hit counter

कोरोना बीमाको दायित्व ५ अर्ब माथि, ३८ हजारले पाएनन् दाबी भुक्तानी

beemaadmin
२०७७ माघ १६, शुक्रबार

काठमाडौं। अर्थ मन्त्रालयको तारन्तारको ताकेतापछि गति लिएको कोरोना बीमाको दाबी भुक्तानी प्रक्रिया पछिल्ला केही दिनमा आएर सुस्ताएको छ । नियामक निकाय बीमा समिति नेतृत्व विहीन बनेको बेला बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ गर्न थालेका छन्। कम्पनीहरुले ६० हजार १८१ जनाको कागजपत्र चेक जाच गरिसके तापनि अझै ३१ हजार ४४१ ले मात्रै दाबी भुक्तानी पाएका छन्। साथै १० हजार जनाको कागजपत्र चेक जाचकै प्रकृयामा रहेको छ। दाबी भुक्तानीका लागि निवेदन दिने मध्ये अझै ३८ हजार जनाले दाबी भुक्तानी पाउन सकेका छैनन्।

बीमा समितिका अनुसार १६ हजार २९० जनाको कागजपत्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा चेक जाचका लागि पढाइएको छ। मन्त्रालयले दाबी भुक्तानी नरोक्न बीमा समिति तथा बीमा कम्पनीलाई निर्देशन दिए पनि अझै पनि कम्पनीहरुले दाबी भुक्तानीमा आलटाल गरिरहेका छन्।

अहिलेसम्म कोरोना बीमाको दाबी भुक्तानी ३ अर्ब ६ करोड रुपैयाँको मात्रै भएको छ। तीन अर्ब ५० करोड रुपैयाँ भन्दा माथिको दाबी भुक्तानी नेपाल सरकारको दायित्व अन्तर्गत पर्छ। कम्पनीहरुको दायित्व अन्तर्गतको भुक्तानी भन्दा माथि नाघिसकेको भए पनि कम्पनीहरुले ढिला सुस्ती गर्न गरिरहेका छन्। ५० प्रतिशत भन्दा धेरैको दाबी भुक्तानी भैसकेको छ । अझै ३८ हजार भन्दा धेरैले दाबी भुक्तानी पाउन सकिरहेका छैनन्। दाबी भुक्तानी बीमा पुल मार्फत हुने भएकाले यसमा सबैभन्दा धेरै जिम्मेवार बीमा समिति रहन्छ। दाबी भुक्तानीका लागि निवेदन दिएको महिनौ वितिसक्दा पनि दाबी भुक्तानी नपाउँदा बीमितहरुले हैरानी बेहोरिरहेका छन्।

पुल मार्फत साढे तीन अर्ब भुक्तानी भए पनि बाँकी रकम नेपाल सरकार आफैले भुक्तानी गर्नु पर्छ। त्यसैले गर्दा अहिलेको तथ्याङ्क अनुसार ३८ हजार भन्दा धेरैको दाबी भुक्तानी गर्न बाँकी छ। अझै दाबी पर्ने क्रम जारी छ। यसले गर्दा ५ अर्ब भन्दा माथिको भुक्तानी गर्नु पर्ने प्रारम्भिक अनुमान गरिएको छ। कम्तिमा पनि ५ अर्ब भुक्तानी हुँदा पनि सरकरले डेड अर्ब भन्दा धेरै भुक्तानी गर्नु पर्छ। अहिलेसम्मको भुक्तानी आफ्नै दायित्व पर्ने हुँदा तर बीमा कम्पनीले भुक्तानी गरेका छन् भने भोलिका दिनेमा हुने दाबी भुक्तानी सरकाले गर्नु पर्छ। त्यसैले आगामी दिनमा दाबी भुक्तानीको अनुपात बढ्ने अनुमान गर्न सकिन्छ।

सम्बन्धित समाचार