free website hit counter

महालक्ष्मी लाईफले सम्पन्न गर्यो नेशनल एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम

beemaadmin
२०७७ माघ १८, आईतवार

काठमाडौं । नेपालको कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्सको नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम पोखरामा सम्पन्न भएको छ।

यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेची देखी महाकाली सम्मका शाखार उपशाखामा कार्यरत सक्रिय १८५ जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा उक्त कार्यक्रममा सम्पन्न भएको थियो । भट्टराईले कार्यक्रममा व्यवसायिक लक्ष्य हासिल गर्न र सफल अभिकर्ता कसरी भइन्छ भन्ने बारेमा प्रेरणामुलक तालिम प्रदान गरेका थिए ।

कार्यक्रममा नियो डिजिटलले अभिकर्ताको लागि अत्यन्त उपयोगी सिआरएम सफ्टवेयरको डेमो प्रस्तुत गरेको थियो । कार्यक्रमको उद्घोषण एजेन्सी तथा तालिम विभागका प्रमुख सिताराम धिमालले गरेका थिए ।

सम्बन्धित समाचार