free website hit counter

प्राइम लाइफले संकलन गर्यो २ अर्ब बीमा शुल्क, नाफा २४ प्रतिशतले बढ्यो

beemaadmin
२०७७ माघ १९, सोमबार

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ८० लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा २७।०१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा बीमा शुल्क आर्जन १ अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय २६.७७ प्रतिशतले बढाएर ५५ करोड २५ लाख रुपैयाँ गरेको छ। अघिल्लो वर्ष यस्तो आय ४३ करोड ५८ लाखमा सीमित थियो। यसैगरी अघिल्लो वर्षको यही अवधिसम्म बीमालेखको धितोमा कर्जाबाट हुने आय ६ करोड ३४ लाख रुपैयाँमा रहेकोमा बढेर ४ करोड ९३ लाख रुपैयाँ पुगेको छ।

Advertisement
Advertisement

यो अवधिमा कम्पनीले ४९ करोड ६१ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ६३.३४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी ३० करोड ३७ लाख रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा कम्पनीले व्यवस्थापनतर्फ २६ करोड ६७ लाख बढी खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो खर्च २५ करोड ३ लाख रुपैयाँभन्दा बढी थियो।

Advertisement
Advertisement

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढएर १३ अर्ब ९ करोड पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषको आकार १० अर्ब १३ करोडमा सीमित थियो। अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ४ करोड रुपैयाँको जगेडा तथा कोषको आकार घटेर ६१ करोड ७२ लाख रुपैयाँमा झरेको छ।

यसैगरी महाविपत्ति जगेडाको आकार १२ करोड ८९ लाख रुपैयाँबाट बढेर १४ करोड ६७ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा यो कम्पनीको खुद नाफा २४.१० प्रतिशतले बढेर १९ करोड ३६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा १५ करोड ६० लाख रुपैयाँमा सीमित थियो।

सम्बन्धित समाचार