free website hit counter

साथी भकुर्ने नेपाली न्यूजील्याण्डबाट निकालिए

beemaadmin
२०७७ फाल्गुन ६, बिहीबार

काठमाडौं। गोर्खालीको इतिहास बनाएका नेपाली जहाँ पुगे पनि झै झगडा त गरिहाल्छन् । त्यही झगडाका कारण एक नेपाली युवा न्युजिल्यान्डबाट देश निकालामा परेका छन् । न्यूजिल्याण्डमा अर्का नेपाली व्यक्तिलाई बेहोस हुँदासम्म कुटपिट गर्ने एक नेपाली युवालाई न्यूजिल्याण्ड छाड्न आदेश दिइएको हो । यदि उनले आदेशअनुसार देश नछाडे उनलाई डिपोर्ट गरिनेछ । विद्यार्थी तथा काम गर्ने भिसामा २०१८ देखि न्यूजिल्याण्डमा बस्दै आएका २४ वर्षका पारस भण्डारीलाई यस्तो आदेश दिइएको हो । जुलाइ २०२० मा उनीमाथि आक्रमण र ज्यान मार्ने धम्की दिएको अभियोग प्रमाणित भएको थियो ।
न्यूजिल्याण्डको अखबार स्टफका अनुसार अदालतमा सुनुवाइका क्रममा भण्डारीले अर्का नेपाली युवालाई मरणासन्न हुनेगरी कुटेको बताइयो । ती युवाले भण्डारीले न्यूजिल्याण्डमा मदिरा पिउने र पार्टी गर्ने गरेको कुरा नेपालमा भण्डारीका अभिभावक र श्रीमतीसमेतलाई जानकारी दिइरहेका थिए । यही कारण भण्डारीले उनलाई भित्तामा धकेलेर उनको अनुहार र टाउकोमा उनी बेहोस हुँदासम्म कुटेको अदालतमा सुनुवाइको क्रममा बताइयो । भण्डारीको कुटाइका कारण पीडित युवाको नाक भाँचिएको थियो, मस्तिष्कमा आघात पुगेको थियो र अनुहारमा कैयौं चोट लागेका थिए ।
होटलमा सेफको रुपमा काम गर्ने भण्डारीलाई ६ महिनाको सामुदायिक हिरासतसहित पीडितको उपचारको लागि १ हजार डलर तिर्नुपर्ने सजाय सुनाइएको थियो । अगष्ट २०२० मा उनलाई डिपोर्ट उत्तरदायित्व नोटिस दिइएको थियो तर उनले यसविरुद्ध इमिग्रेसन एण्ड प्रोटेक्सन ट्रिब्युनलमा आवेदन दिएका थिए । ट्रिब्युनलका अनुसार भण्डारीले आवेदनमा आफूलाई डिपोर्ट गर्न नहुने बताउँदै आफू न्यूजिल्याण्ड आएपछि राम्रो मान्छे बनेको तर्क गरेका थिए । उनले राम्रो शिक्षा, जीवन र जीवनशैलीको लागि न्यूजिल्याण्ड आउँदा ठूलो रकम खर्च गरेको भन्दै आफू कोभिड–१९ महामारीका बेला अत्यावश्यक कामदार रहेको पनि दावी गरेका थिए । डिपोर्ट गरिँदा आफू र परिवारको बेइज्जती हुने उनले तर्क गरेका थिए ।
ट्रिब्युनलले डिपोर्ट गरिँदा यसले भण्डारीलाई निराशा र भावनात्मक आघात पुग्ने स्वीकार गरेको छ तर त्यसले असाधारण मानवीय परिस्थितिलाई सम्बोधन गर्न नसक्ने ठहर गरेको छ । टिब्युनलले भण्डारीको आग्रहलाई अस्वीकार गर्दै उनको भिसा निर्णय जारी भएको २८ दिनमा रद्द हुने भनेको छ । यदि उनले डिपोर्ट हुनबाट बच्न चाहेको भए २८ दिनभित्र न्यूजिल्याण्ड छाड्नुपर्ने र यदि यो अवधिमा कोभिड प्रतिबन्धका कारण उडान नपाए अस्थायी भिसाको लागि आवेदन दिनुपर्ने बताएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार