free website hit counter

स्वतन्त्र सञ्चालक नियुक्तिबारे बीमा कम्पनी अन्योलमा

beemaadmin
२०७७ चैत्र १८, बुधबार

काठमाडौं । नियामक निकाय बीमा समितिको निरन्तरको ताकेतापछि पनि बीमा कम्पनीहरुले स्वतन्त्र सञ्चालक नियुक्त गर्न सकेका छैनन् । कस्तो व्यक्तिलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने स्पष्ट मापदण्ड समितिले नतोकेका कारण पनि बीमकहरु अलमलमा पर्नु स्वाभाविक हो ।

बीमा समितिले स्वतन्त्र सञ्चालक नियुक्त नगर्ने ५ बीमा कम्पनीलाई यथासिघ्र नियुक्त गर्न निर्देशन दिएको १५ दिनको म्यान पनि गुज्रिसकेको छ । समितिले गत फागुन १९ गते स्वतन्त्र सञ्चालक नियुक्त नगर्ने ५ कम्पनीलाई १५ दिन भित्र नियुक्त गर्न निर्देशन दिएको थियो । तर समितिले दिएको एक महिनाको म्याद वितिसक्दा पनि कम्पनीहरुले स्वतन्त्र सञ्चालक नियुक्त गर्न सकेका छैन् ।

समितिले युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीलाई तत्काल स्वतन्त्र सञ्चालक नियुक्त गर्न पत्र काटेको थियो । समितिले दिएको १५ दिनको म्याद गुज्रिदा पनि कम्पनीहरुले स्वतन्त्र सञ्चालक नियुक्त गर्न नसकेका हुन् ।

पत्र काटिएका ५ वटै कम्पनीले बीमा समितिसमक्ष यथासिघ्र नियुक्त गर्ने प्रतिबद्धता व्यक्त गरे पनि कसैले नियुक्ति प्रक्रिया अगाडि बढाएका छैनन् । कतिपय कम्पनीले सकेसम्म स्वतन्त्र सञ्चालक नियुक्त गर्न चाहदैनन् भने केहीले समितिको झारो टार्न आफ्ना मान्छेलाई मात्रै नियुक्त गर्छन् ।

सम्बन्धित समाचार