काठमाडौं । नयाँ वर्षको पहिलो साताबाट अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन हुने भएको छ । बैशाख ६ गतेदेखि कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद निष्काशनका लागि कम्पनीले चैत ९ गते बुकक्लोज गरेको थियो। यसअनुसार चैत ८ गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत बैशाख २६ गतेसम्म आवेदन दिन पाउनेछन्।