काठमाडौं । नागरिक लगानी कोष सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले शेयरधनीलाई लाभांश वितरणा गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको प्रस्ताव गरेको हो । कोषले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ९ प्रतिशत अर्थात २७ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर सहित ८.८९४ प्रतिशत अर्थात २६ करोड ८६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण हुनेछ ।