free website hit counter

३७ गुणा बढीले मागे रूरू जलविद्युतको आईपीओ

beemaadmin
२०७७ चैत्र २३, सोमबार

काठमाण्डौ । रुरु जलविद्युत् लिमिटेडको आईपीओमा आइतबारसम्म झन्डै ३७ गुणा बढीले आवेदन दिएका छन् । कम्पनीले अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गरेको छ।

जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। सीडीएससीका अनुसार आइतबार साँझ सवा ५ बजेसम्म ९ लाख ६९ हजार २५० आवेदकबाट १ करोड ४० लाख १६ हजार ३१० कित्ताका लागि खरिद आवेदन परेको हो। जुन १ अर्ब ६८ करोड १९ लाख ५७ हजार २०० रुपैयाँबराबरको हुन आउँछ ।

Advertisement
Advertisement

यो हिसाबले यो आईपीओमा ३७ गुणा बढी आवेदन परेको हो। यसअघि कम्पनीले गत माघ २१ गतेदेखि फागुन २१ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो। आयोजना प्रभावितलाई यो कम्पनीले कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।

Advertisement
Advertisement

सम्बन्धित समाचार