काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गजेन्दर कुमार नेगी पञ्जाब नेशनल बैंक भारतको अनुरोधमा फिर्ता गएका छन् । ४ वर्षका लागि एभरेष्ट बैंकको सीईओमा नियुक्त भएका उनी १७ महिनामै पदमुक्त भई भारत फिर्ता भएका हुन् । भारतीय नागरिक उनी एभरेष्ट बैंक र पञ्जाब नेशनल बैंकबीच भएको टेक्निकल सर्भिस एग्रिमेन्ट (टीएसए) बमोजिम बैंकको सीईओ पदमा नियुक्त भएका थिए । हालै बैंकको सीईओमा सुदेश खालिङ नियुक्त भएका छन् । तर हालसम्म उनको पदबहाली भने भएको छैन ।