free website hit counter

सिद्धार्थ बैंकले बढायो ५४ प्रतिशत नाफा

beemaadmin
२०७८ बैशाख १४, मंगलवार

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.१२ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढेको र निष्क्रिय कर्जा घटेका कारण खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०३ प्रतिशत घटेको छ। तर, सो अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १९.८२ प्रतिशत र सञ्चालन मुनाफा ५०.७५ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८३ करोड १४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ४४।२५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २३.४२ प्रतिशत र कर्जा २३.८६ प्रतिशत बढेको छ।

सम्बन्धित समाचार