free website hit counter

कोरोना संक्रमितको मृत्युपछि अस्पतालमा तोडफोड, स्वास्थ्यकर्मी घाइते

beemaadmin
२०७८ बैशाख २९, बुधबार

काठमाडौं । कोरोना संक्रमितको मृत्युपछि जनकपुर प्रादेशिक अस्पतालमा आक्रोशित समूहले तोडफोड गरेका छन्। अस्पतालका एक कर्मचारीका अनुसार उक्त समूहले अस्पतालका स्वास्थ्यकर्मीमाथि पनि हातपात गरेका छन्। आक्रमण र स्वास्थ्यकर्मीमाथि हातपात भएपछि असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका छन्। आक्रमणका कारण अस्पतालका दुई थान भेन्टिलेटर फुटेको अस्पतालले जनाएको छ। महोत्तरीको जलेश्वर नगरपालिका–४ बस्ने ५५ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। उनलाई जलेश्वर अस्पतालबाट रेफर गरिएको थियो। गम्भीर अवस्थामा रहेका उनको भेन्टिलेटरमा राखेर उपचार सुरु गर्न नपाउँदै मृत्यु भएको अस्पतालको भनाई छ। अस्पतालमा तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार