free website hit counter

प्रधानमन्त्रीको तेस्रो डायलोसिस

beemaadmin
२०७६ कार्तिक ३०, शनिबार

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रोपटक डायलोसिस गरिँदैछ । यसअघि उपचार गराइएको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको डायलोसिस गर्न लागिएको हो । प्रधानमन्त्री ओली गत साउन १८ मा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराएका थिए । पछिल्लोपटक उनको डायलोसिस थालिएको हो । तत्कालका लागि डायलोसिस गरिए पनि चिकित्सकहरू भने मृगौला प्रत्यारोपण नै गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीको मिर्गौलाको थप उपचार अमेरिकामा गर्ने सन्दर्भमा परामर्श भइरहेको छ । आवश्यक प्रक्रिया मिलाउनका लागि प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाह अमेरिका पुगेर फर्किसकेको बताइएको छ ।

सम्बन्धित समाचार

सेफ सन्तोष साह पक्राउ काण्ड के हो?

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

तोलामै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार