free website hit counter

दुई कम्पनीको साढे ३३ करोडको आइपीओ प्रक्रियामा

beemaadmin
२०७८ जेष्ठ १, शनिबार

काठमाडौं । दुई कम्पनीले आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेका छन् । दोर्दी खोला जलविद्युत् कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेका हुन् । ३३ करोड ४५ लाख ६७ हजार ९०० रुपैयाँ बराबरको आइपीओ निष्काशनका लािग अनुमनि माग भएको हो । मानुषी लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निश्काशन गर्ने अनुमति मागेको हो। लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। यसैगरी दोर्दी खोला जलविद्युत् कम्पनीले पनि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता साधारण शेयर जारी गर्ने अनुमति माग गरेको हो। दोर्दी खोला जलविद्युत् कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार