कठमाडौं । निरन्तर उकालै लाग्ने क्रममा रहेको सुनको मूल्य फेरि पनि बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
गत बुधबार एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज एकै दिन ४०० रुपैयाँले बढेर अधिकतम ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ । यता चाँदी तर्फ भने बिहीबार समेत प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३६० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।