free website hit counter

मनकामना लघुवित्तलाई आइपीओ निश्कासनको अनुमति

beemaadmin
२०७८ असार ९, बुधबार

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई आइपीओ निश्कासनको अनुमति दिएको छ । बोर्डले १०० रुपैयाँ दरले ३ लाख ८९ हजार कित्ता आइपीओ निश्कासनका लागि अनुमति दिएको हो । कम्पनीले चुक्तापूँजीको ३२.११ प्रतिशत सेयर सर्वसाधारणका लागि निश्कासन गर्न लागेको हो । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड रहेको छ । भैरहवाको सिद्धार्थनगरमा मुख्य कार्यालय रहेको यो लघुवित्तले लुम्बिनी प्रदेशका ९ जिल्लामा ३६ शाखा कार्यालयबाट सेवा दिंदै आएको छ ।

सम्बन्धित समाचार