free website hit counter

सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता आइपीओ जारी गर्ने

beemaadmin
२०७८ असार ११, शुक्रबार

काठमाडौं । सर्वोत्तम सिमेन्टको ६० लाख कित्ता आइपीओ जारी हुने भएको छ । कम्पनीको विषेश साधारणसभाले सर्वसाधारणले सो प प्रस्ताव पारित गरेको हो। बिहीबार सम्पन्न सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पुँजीको अनुपात ८७.१० ः १२.९० हुने गरी मिलान गर्ने र यसरी शेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधि बाट जारी गर्ने निर्णय गरेको हो। सर्वोत्तमले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक समेत नियुक्ति गरिसकेको छ। त्यस्तै सभाले आव २०७६–७७ सम्मको मुनाफावाट हालको चुक्ता पुँजीको १९.११८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.००६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ।

सम्बन्धित समाचार