free website hit counter

पुनर्गठनसँगै चुलिएको असन्तुष्टि

beemaadmin
२०७६ मंसिर ५, बिहीबार

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनसँगै सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिएको छ । पुनर्गठनमा लगभग मन्त्री बन्ने पक्का भएका प्रभु शाहले मन्त्री पद नपाएपछि सामाजिक सञ्जालमार्फत् आप्mनो असन्तुष्टि पोखेका छन् । असन्तुष्टिमा नेकपाले योग्यलाई हटाएर अयोग्यहरुलाई मन्त्री बनाएको, कम्युनिष्ट सिद्धान्त र मूल्य मान्यताविपरित मन्त्रीमण्डल पुनर्गठन गरेको हुनाले आफू लज्जित भएको प्रतिक्रिया दिएका छन् । केपी ओली सरकारमा कार्यसम्पादनमा अब्बल ठहरिएका श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टलाई बर्खास्त गरिएपछि नेकपाभित्रका युवा नेताहरु आश्चर्यमा परेका छन् ।

विभिन्न मुलुकहरुसँग श्रम सम्झौता गरेर वैदेशिक रोजगारलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेका विष्टले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गरेर सरकारकै नाक राखिदिएका थिए । निकै तामझामका साथ सम्पन्न गरिएको सामाजिक सुरक्षाका कार्यक्रम हुन् या प्रधानमन्त्री स्वरोजगार कार्यक्रम होस् यी कार्यक्रम सम्पन्न गर्नमा विष्टको ठूलो योगदान थियो । शालिन स्वाभावका प्रचारमा खासै नआउने विष्टलाई हटाउनु पर्नाको न्यायोचित जवाफ नेकपा नेतृत्वले दिन सकिरहेको छैन ।

गुल्मीबाट प्रदीप ज्ञवालीले मन्त्रीमा निरन्तरता पाउँदा विष्ट बर्खास्त पर्नु र मेलम्ची प्रकरणमा सरकारलाई नै बदनाम गराएकी प्रचण्डकी बुहारी बीना मगरले निरन्तरता पाउनुलाई कसरी न्यायसँग मान्न सकिएला ? नेकपा युवा नेताहरुले कहिले जवाफ पाउलान् ? चर्चामै नरहेका हृदयेश त्रिपाठी मन्त्री बन्नु स्वाभाविक थियो तर उद्योगीहरुकै तालुकदार मन्त्रालयको रुपमा उद्योगी मोतीलाल दुगड नै राज्यमन्त्री बन्नुलाई भने राज्यलक्ष्मी गोल्छाहरुकै निरन्तरता त होइन भन्ने आम प्रश्न पनि खडा भएको छ । कम बोल्ने थममाया थापा मगर हुन् या कृषिमा औसत परिणाम दिइरहेका चक्रपाणि खनाल हुन् यिनीहरु हट्दा भूमिसुधारमन्त्री पद्मा अर्यालले के आधारमा निरन्ततार पाइन् ?

नेकपाका नेता जनार्दन शर्माहरुले प्रश्न गर्न पाउने कि नपाउने ? मन्त्रीमण्डल पुनर्गठनमा धेरै चर्चामा रहेका नेकपाका सुरेन्द्र पाण्डे हुन् या जनार्दन शर्मा उनीहरु मन्त्रिमण्डलमा समिटन नसक्दा रामेश्वर राय यादवहरुले अवसर पाएका छन् । त्यसैगरी मन्त्री बन्नकै लागि जिल्लाको कार्यक्रम छोट्याएर राजधानी छिरेका देवेन्द्र पौडेल, यज्ञराज सुनुवार, छविलाल विश्वकर्मा, फम्फा भुसालहरुको के योग्यता पुगेन ? नेकपा नेतृत्वले जवाफ देला ?

सम्बन्धित समाचार