free website hit counter

साहस उर्जाको आईपीओ छुट्यो कि

beemaadmin
२०७८ भाद्र ११, शुक्रबार

काठमाडौं । साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिनुभयो ? आइपीओमा आवेदन दिने भदौ ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन खुला गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो।

कम्पनीको उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। आईपीओमा ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट आवेदन दिन सकिनेछ।

Advertisement
Advertisement

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Advertisement
Advertisement

सम्बन्धित समाचार