free website hit counter

पहिरोमा ज्यान गुमाएका बीमितका परिवारलाई बीमा दाबी भुक्तानी

beemaadmin
२०७८ आश्विन २३, शनिबार

काठमाडौं । प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका तीन जना बीमितका परिवारलाई ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी बापत ११ लाख ७७ हजार ४ सय ४३ रुपैया हस्तान्तरण गरेको छ । कम्पनीले कुश्मा नगरपालिका ३, दुर्लुङमा जेठ १७ गते राति गएको पहिरोमा परि मृत्यु भएका स्थानीय राम प्रसाद शर्मा (माधब) का एक छोरा एक छोरी र श्रीमतिको नाममा ज्योती लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गरेका थिए । सो बीमा बापतको रकम पीडित राम प्रसाद शर्मालाई हस्तान्तरण गरेको हो ।
कम्पनीका धौलागिरी एरिया प्रमुख मेघराज खड्काले जीवन बीमा गरेर भैपरी आउने जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने बताए । कार्यक्रममा कुश्मा नगरपालिका ३, दुर्लुङ का वार्ड अध्यक्ष तेजप्रसाद पाध्या, पेशागत बिमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाग्लुङका अध्यक्ष रामशरण पोख्रेल, समाजसेवी आरसी पौडेल, ज्योति लाइफका कुश्मा शाखा प्रबन्धक राजन केसि लगायतले जीवन बीमाको बारेमा प्रष्ट पारेका थिए ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार