free website hit counter

डिप्रोक्स लघुवित्तको २० प्रतिशत बोनस सेयर अनुमोदन

beemaadmin
२०७८ आश्विन २४, आईतवार

चितवन । आर्थिक वर्ष २०७७–७८ को लाभांश अनुमोदन गर्दै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १।०५३ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो। सो प्रतिवेदनमाथि सेयरधनीहरु बबिता श्रेष्ठ, कैलाश रिजालले रायसुझाव तथा जिज्ञासा राखेकोमा सञ्चालक समितिका अध्यक्ष दीपक खनालले स्पष्ट पारेका थिए।
बोनस सेयरपछि संस्थाको चुक्तापुँजी १ अर्व ३८ करोड ७४ लाख पुगेको छ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष खनालले आव २०७७र७८ को बार्षिक प्रतिवेदन पेस गरेका थिए भने संस्थाका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्य राखेका थिए।
सभाले सर्वसाधारण सेयरधनीका तर्फकाट सञ्चालकमा रीता पौडेल, रमेशकुमार रघुवंशी र वासुुप्रसाद उपाध्याय निर्विरोध निर्वाचित भएका छन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार