free website hit counter

स्वेतगंगा हाइड्रो पनि आइपीओ जारी गर्ने तयारीमा

beemaadmin
२०७८ कार्तिक १९, शुक्रबार

काठमाण्डौ । स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन कम्पनी लिमिटेडले पौने ४८ करोड रुपैयाँ बढीको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। स्वेतगंगाले आईपीओ निष्कासनको अनुमति माग्दै गत कात्तिक १० गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो। कम्पनीले ४७ करोड ७९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।
सेबोनबाट अनुमति पाएमा स्वेतगंगाले १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ। स्वेतगंगाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार