free website hit counter

शतप्रतिशत लाभांश दिँदै हिमालयन डिष्टिलरी

beemaadmin
२०७८ पुष ७, बुधबार

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई शतप्रतिशत लाभांश दिने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते, बुधबार, आफ्नो रजिष्टर्ड कार्यालय, लिपनिविर्ता, पर्सामा २१ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ। यसका साथै कम्पनीको नाममा दर्ता कायम रहेको ब्लु ओक नामक ट्रेडमार्क प्रयोग गरी अन्य उद्योगबाट समेत उत्पादन तथा बिक्री वितरण गर्ने सम्झौता स्वीकृत गर्ने, सञ्चालक समितिमा रहने ५ जना सञ्चालक सदस्यको निर्वाचनद्वारा चयन गर्ने, कम्पनीको चुक्ता पूँजी वृद्धि भएअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार