free website hit counter

लाभांश अनुमोदन र मर्जर प्रक्रिया टुंग्याउन हिमालयन बैंकको वार्षिक साधारणसभा आह्वान

beemaadmin
२०७८ पुष ११, आईतवार

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको पुस ९ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ।
सभाले स्वाप रेसियो १ः१ सेयर अनुपातमा हुने गरी नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडसँग मर्ज गर्न स्वीकृति प्रदान गर्नेछ। मर्ज गर्ने सम्बन्धमा भएका सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकानकर्ताको नियुक्ति सम्पत्ति तथा मूल्यांकन प्रतिवेदन, समझदारीपत्र तथा अन्तिम सम्झौतालगायत सम्पूर्ण कामकारबाहीहरुलाई सभाले स्वीकृति प्रदान गर्नेछ। दुवै बैंक मर्जर गर्ने प्रक्रियामा राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्डलगायतका नियमनकारी निकायबाट स्वीकृति लिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।
सोही सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश छन्। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि पारित गर्नेछ। सभा प्रयोजनका लागि बैंकले आज पुस ११ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार