free website hit counter

छिमेक लघुवित्तको ३० प्रतिशत लाभांश पारित

beemaadmin
२०७८ पुष २४, शनिबार

काठमाण्डौ । छिमेक लुघवित्त वित्तीय संस्थाको २० औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ३० प्रतिशत लाभांश पारित भएको छ। हेटौंडाको होटल सामनामा आज सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गरेको हो।
सभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचनमा आगामी चारवर्षे कार्यकालका लागि ऋषिराज जोशी पुनः निर्विरोध निर्वाचित भएका छन्। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु पारित गरेको छ।
काठमाण्डौको मध्यवानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको संस्थाले हालसम्ममा ६८ जिल्लामा १९२ वटा शाखामार्फत कुल ४ लाख ६ हजार ६२८ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रममार्फत सेवा दिइरहेको छ। २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७७–७८ मा १ अर्व ३१ करोड ३८ लाख ५५ हजार ७ सय ७५ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तव्य राखेका थिए।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार