free website hit counter

भलबारीमा सिटिजन लाइफको नयाँ शाखा

beemaadmin
२०७८ फाल्गुन १२, बिहीबार

काठमाडौं । शाखा सञ्जाल विस्तारको अभियानमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले रुपन्देही जिल्लाको भलबारीस्थित नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले गरेका हुन् । भलबारी शाखा उद्घाटन भएसँगै यस क्षेत्रमा रहेका ग्राहकले सेवा प्राप्त गर्न सजिलो हुने सिटिजन लाइफले जनाएको छ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकलाई सेवा दिने हेतुका साथ देशका विभिन्न स्थानमा शाखा विस्तार गर्ने कार्यलाई तिव्रता दिएको छ ।

सम्बन्धित समाचार