काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २२ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.४७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४.९३ प्रतिशत घटेका छ भने कुल आम्दानी ३.५१ प्रतिशत घटेको छ। यता कम्पनीको बुल आम्दानी ६.७६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको जगेडा कोष २०.११ प्रतिशत बढेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४६ रुपैयाँ ५१ पैसा घटेर ३१९ रुपैयाँ ७ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार १८२ रुपैयाँ रहेको छ।