free website hit counter

नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिनुभयो त ?

beemaadmin
२०७९ जेष्ठ २६, बिहीबार

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिनुभयो ? नदिनुभएको भएआवेदिन दिने आज जेठ २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो। यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद जारी गरेको हो।
यसअनुसार बैशाख २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर सी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।
हाल ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ ५० पैसा पुग्नेछ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार