free website hit counter

सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

beemaadmin
२०७९ असार ८, बुधबार

काठमाण्डौ । सुनको मूल्यमा उतारचढाव हुनेक्रम जारी नै रहेको छ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि १० रुपैयाँले घटेर तोलाका १ हजार २५५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार