काठमाडौं । नयाँ नयाँ बचत योजना ल्याएर आफूलाई अब्बल सावित गर्दै आएको मेगा बैंक नेपालले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । यस बचत खातामा सगरमाथा, कञ्चनजङ्गा र ल्होत्से गरी तीन वटा हिमालको नामकरण गरी फरक फरक सुविधाहरु ल्याइएको बैंकले जनाएको छ । जुन योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यसैगरी, यी तीनै वटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चेक बुक र इ–कमर्श रजिष्ट्रेशन निःशुल्क गरिएको छ । यस्तै क्रेडिट कार्ड सुविधा पनि उपलब्ध रहेको बैंकको भनाइ छ । यसका साथै, ग्राहकहरुलाई रिटेल लोन प्रक्रिया शुल्कमा ०।२५ छुटसहित प्रिपेड डलर कार्ड, लकर लगायत विविध सेवामा छुटको व्यवस्था गरिएको छ ।