free website hit counter

सिटिजन लाइफद्वारा घातक रोग दाबी भुक्तानी

beemaadmin
२०७९ श्रावण १८, बुधबार

काठमाडौं । गाह्रो पर्दा जोखिम बहन गर्छ भनेर नै बीमा गरिने हो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापत बीमीतलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले बीमितलाई बीमा दाबी बापतको ११ लाख चेक हस्तान्तरण गरेको हो । बीमित राजेन्द्र खत्रीलाई मुटु सम्बन्धि रोग लागेकोले उनको बीमा करारमा लिएको सुबिधा स्वरुप उक्त रकमको चेक हस्तान्तरण गरेको कुरा शाखा प्रवन्धक जगत राम ढकालले जानकारी दिए । बीमित राजेन्द्र खत्रीले जीवन बिमा गर्दा थोरै रकम बढी तिरेमा २० प्रकारका घातक रोग मध्य कुनै रोग लागेको प्रमाणित भएमा बीमा दाबी पाइन्छ भनेर अभिकर्ताले भनेको आधारमा एक वर्ष पहिले बीमा गरेका थिए । उपचारका लागि बीमा रकम पाउँदा खुसी लागेको कुरा उनले बताए । रोग लागेपछि धेरै धन खर्च हुने तर बीमा गर्दा क्षतिपुर्ती पाउँदा खुशी लागेको भन्दै उनले सबैलाई बीमा गर्ने सल्लाह दिए ।
सिटिजन लाइफले उपचार ‘उपचार खर्च अब सिटिजन लाइफले गर्छ’ भन्ने मुल नारा सहित २० प्रकारका घतक रोग विरुद्ध ५० लाख सम्मको उपचार खर्चको सुबिधा दिँदै आएको छ ।

सम्बन्धित समाचार