free website hit counter

एसियन लाइफको लाभांश घोषणा

beemaadmin
२०७९ श्रावण २२, आईतवार

काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार अपराह्न बसेको बैठकले आर्थिक वर्ष २०७७–७८को सञ्चित नाफाबाट सेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रुपैयाँको कुल १५.२६ प्रतिशतले हुन आउने ३८ करोड ७६ लाख ५९ हजार २६ रुपैयाँबराबर लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा १४.५० प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयरको कर प्रयोजनार्थ कम्पनीले ०।७६ प्रतिशतले हुन आउने १ करोड ९३ लाख ८२ हजार ९५१ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार