free website hit counter

पिपुल्स पावरको आइपीओ बाँडफाँट हुँदै

beemaadmin
२०७९ भाद्र १२, आईतवार

काठमाडौँ। पिपुल्स पावर कम्पनीको आइपीओ आइतबार बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने तयारी भएको छ। यसको प्री– अलोटमेन्ट गत बुधबार नै सम्पन्न भइसकेको छ। यसमा मागभन्दा ७।९३ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ। जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ। यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन्। कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको थियो।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार