free website hit counter

आज पनि बढ्यो सुनको भाउ

beemaadmin
२०७९ भाद्र २१, मंगलवार

काठमाडौं । सुनको भाउ लगातार तेश्रो दिन पनि वृद्धि भएको छ । भदौ २१ गते, सुन तोलामा ३०० रुपैयाँले महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदी पनि प्रतितोला १० रुपैयाँले उकालो लागेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ पुगेको छ । साताको दोश्रो दिन पनि सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । गत तीन दिनमा सुन तोलामा एक हजार रुपैयाँले बढिसकेको छ । यसैगरी, चाँदीको मूल्य पनि निरन्तर चार दिन देखि बढोत्तरी भएको छ । मूल्य वृद्धिको क्रममा चाँदी आज तोलामा १० रुपैयाँले महंगिएर प्रतितोला एक हजार १२५ रुपैयाँमा किनबेच हुँदैछ । सोमबार पनि चाँदी प्रतितोला पाँच रुपैयाँले बढ्दा एक हजार ११५ रुपैयाँमा खरिदबिक्री भएको थियो । गत बिहीबार यता चाँदी प्रतितोला २५ रुपैयाँले बढेको महसंघको तथ्यांकमा देखिन्छ ।

सम्बन्धित समाचार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार