free website hit counter

एलआईसी नेपालको सिनियर एजेन्सी म्यानेनजर खड्काको निधन

beemaadmin
२०७९ भाद्र २२, बुधबार

काठमाडौं । एलआईसी नेपालका वरिष्ठ अभिकर्ता तथा पेशागत अभिकर्ता संघ नेपालका केन्द्रिय सदस्य शिवहरी खड्काको निधन भएको छ । रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानी स्थित डाँसे निवासी खड्काको निधन भएको हो । काठमाडौंको कपनबाट उपचारको लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । उनी विगत लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय तथा चिर परिचित अभिकर्ता हुन् । बीमा क्षेत्रले कुशल अभिकर्ता गुमाएको छ। उनी एक सामाजिक अभियन्ता र नेपाली कांग्रेस रामेछापका नेता समेत रहेका थिए । खड्काका श्रीमती, एक छोरा र एक छोरी छन्।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार