काठमाडौं । लगाचार ओरालो लागेको सुनको मूल्य आज पनि घटेको छ । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको हो । आज सुन तोलामा एकैदिन १ हजार रुपैयाँले घटेर छापावाला सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साथै आज तेजावी सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ भने प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।