काठमाडौं । सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश घोषणा गरेको छ । सिटिजन्सले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिला लाभांश घोषणा गरेको हो । सञ्चालक समितिको आज बसेको बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको प्रवक्ता नारायणराज अधिकारीले जनाएका छन् । बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपियाँ छ । बैंकले १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६ सय ६१ रुपियाँ नगद लाभांश प्रस्ताव गरेको हो । राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले लाभांश पाउने छन् ।