free website hit counter

चन्द्रागिरी हिल्स नाफामा, १ करोड कमायो

beemaadmin
२०७९ कार्तिक २५, शुक्रबार

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८ करोड ६४ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ११ करोड १ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
कम्पनीको रिजर्भ ३८ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ ४१ करोड ७२ लाख रुपैयाँले ऋणात्मक थियो। चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.८५ रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस १।५५ रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ७५.१४ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार