free website hit counter

आज पिपुल्स हाइड्रोको आईपीओ बाँडफाँट

beemaadmin
२०७९ मंसिर ७, बुधबार

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलका अनुसार कम्पनीको शेयर बुधबार साँझ ४ बजे बाँडफाँट हुने भएको हो । पछिल्लो तथ्यांक अनुसार कम्पनीको शेयरमा १२ लाख ६८ हजार २१७ जना आवेदकबाट एक अर्ब ४९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ९९ हजार २५० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८८० कित्ताको २.९३ गुणा बढी हो । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार शेयर वितरण गर्दा कुल आवेदक मध्ये ४०।६६ प्रतिशत अर्थात ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै शेयर पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई र सर्वसाधारणलाई गरी ८० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार