free website hit counter

कुमारी र एनसीसीको एकीकृत कारोबार पुस १७ गतेदेखि

beemaadmin
२०७९ पुष १२, मंगलवार

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले मर्जरपश्चात पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन्। यी दुबै बैंकहरुले कुमारी बैंक लिमिटेडको नाममा एकिकृत कारोबार शुरु गर्न लागेका हुन्। मंसिर २५ गते सम्पन्न यी बैंकहरुको विशेष साधारण सभाले १ बराबर १ शेयर स्वाप रेशियोमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए। एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस ६ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो। पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गरिने भएको हुँदा डाटा माइग्रेशन प्रयोजनार्थ पुस १५ र १६ गते सार्वजनिक बिदाका दिन यी दुबै बैंकहरुले प्रदान गर्दै आइरहेको बैंकिङ्ग सेवाहरु बन्द रहने भएको छ।

सम्बन्धित समाचार