free website hit counter

ज्योति विकास बैंकको लाभांश घोषणा

beemaadmin
२०७९ पुष २४, आईतवार

काठमाण्डौ । ज्योति विकास बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको पुस २२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य खुद मुनाफा र वितरणयोग्य अन्य कोषहरु गरी जम्मा वितरणयोग्य रकम २९ करोड २ लाख ८९ हजार ४३४ रुपैयाँबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँको कुल ६.८ प्रतिशतले हुन आउने २९ करोड २ लाख ७ हजार २२४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ३ प्रतिशतले हुन आउने १२ करोड ८० लाख ३२ हजार ५९९ रुपैयाँबराबरको बोनस सेयर र ३।८ प्रतिशतले हुन आउने १६ करोड २१ लाख ७४ हजार ६२५ रुपैयाँबराबरको नगद लाभांश ९करसहित० रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

सम्बन्धित समाचार