free website hit counter

नेपाल इन्स्योरेन्सले दिनेभयो साढे सात प्रतिशत लाभांश

beemaadmin
२०७६ भाद्र १७, मंगलवार

काठमाडौं । नेपालको सबैभन्दा पुरानो नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ७.५ प्रतिशत लाभांशको घोषणा गरेको छ । इन्स्योरेन्सको ७० औं वार्षिक साधारणसभाले लाभांश सहित मर्जर तथा एक्वीजिशनमा जाने एजेण्डा परित गरेको हो ।
चुक्ता पूँजी १ अर्ब १ करोड ९१ लाख रुपैयाँको ७।५ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको हो । बीमा समितिको निर्देशन अनुसार न्युनतम चूक्ता पूँजी पुर्याइसकेको इन्स्योरेन्सले बोनस वितरण पछि एक अर्ब ९ करोड ५५ लाख रुपैयाँ पुग्नेछ । बोनसमा कर प्रयोजनको लागि ४० लाख २२ हजार रुपैयाँ प्रस्ताव गरे पनि बीमा समितिले अस्वीकार गरेपछि सो कर शेयरधनीकै भागमा परेको छ ।
यस्तै साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार