free website hit counter

लक्ष्मी लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०७९ माघ ५, बिहीबार

काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम चुक्तापुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ७ करोड ६८ लाख १० हजार ८०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ८ हजार १०० रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने १ करोड ९२ लाख २ हजार ७०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार