free website hit counter

सानिमा बैंकको नाफा सुध्रियो

beemaadmin
२०७९ माघ ७, शनिबार

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा र ईपीएस दुबै बढेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९६ करोड ३७ लाख रुपैयाँ रहेको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४७.१८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २८.८१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २१.४२ प्रतिशत बढेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६६ पैसा बढेर २० रुपैयाँ ६३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ८२ पैसा रहेको छ।
पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ०।०१ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको निक्षेप १.०७ प्रतिशत बढेको छ भने कर्जा ५.२९ प्रतिशत बढेको छ।

सम्बन्धित समाचार