काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको साझा संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिको नबौं राष्ट्रिय अधिवेशन सम्पन्न भएका छ । काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनबाट पदमराज रेग्मी पुनः निर्वाचित भएका छन् । त्यस्तै, बीमा क्षेत्रबाट नेपाल बीमा प्राधिकरणबाट शम्भु मिश्र निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमार्फत गरिएको नयाँ नेतृत्व चयनमा रेग्मीले हरिराज खरेललाई झण्डै एक सय मतले पछाडि पार्दै अध्यक्ष निर्वाचित भएका हुन् । त्यस्तै, बरिष्ठ उपाध्यक्षमा परशुराम खनाल बिजयी भएका छन् । त्यस्तै, खुल्ला उपाध्यक्षमा शिवराज तिमिल्सिना बिजयी भएका छन् । महिला उपाध्यक्षमा सपना शाही बिजयी हुँदा तराई मधेश उपाध्यक्षमा सोभित साह, लघुवित्त उपाध्यक्षमा अर्जुन कुमार भट्टराई, बीमा उपाध्यक्षमा शम्भु प्रसाद मिश्र, पुँजी बजार उपाध्यक्षमा राजु बहादुर जिसी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सरकारी बैंकको उपाध्यक्षमा शिवनाथ योगी, प्राईभेट बैंकको तर्फबाट शिवहरि भण्डारी निर्वाचित भएका छन् । त्यस्तै, बैंक गैर वित्तियको तर्फबाट देव गुरागाई निर्विरोध निर्वाचित भएका छन् ।
मत परिणाम अनुसार फियानको महासचिवमा विकास श्रेष्ठ, उप महासचिवमा राममणि न्यौपाने, राजेश कुमार गिरी, जानहरि ढुंगाना, बरुण खड्का, हरि बहादुर खड्का र सबिन भट्टराई बिजयी भएका छन् । त्यस्तै, उप महासचिवमा विकास बैंकको तर्फबाट रामशंकर झा, महिलाको तर्फबाट गिता बस्नेत, रामचन्द्र विक निर्वाचित भएका छन् । त्यस्तै, निर्वाचनबाट कोषाध्यक्षमा जेम्स जोशी बिजयी हुँदा सह–कोषाध्यक्षमा सविता लुईटेल बिजयी भएकी छिन् । त्यस्तै, सदस्यहरूमा अभिमन्यु खनाल, सुदर्शन गोदार, रघुनाथ भण्डारी, किरण सापकोटा, अर्जुन पराजुली, विष्णु खिम्वन्जार, राजिव कुमार चौधरी, श्रवण कुुमार मण्डल, श्वेता श्रेष्ठ, तारा राई, हिरा केसीी, गणेश सिंह श्रेष्ठ, बसन्त रसाली, कृष्ण प्रसाद बास्तोला निर्वाचित भएका छन् । नव निर्वाचित कार्य समितिले हिजै पदभार ग्रहण गरेर काम सुरु गरिसकेको छ । नव निर्वाचित अध्यक्ष रेग्मीले वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि नतिजामुखी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।