free website hit counter

घट्यो बैंकको व्याजदर

beemaadmin
२०७९ चैत्र २९, बुधबार

काठमाडौं । बाणिज्य बैंकको छाता संघठन बैंकर्स संघले सर्वसाधारण निक्षेप ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ । सर्वसाधारण निक्षेप सँगै संस्थागत निक्षेप पनि ७.९९ प्रतिशतमा झरेको छ । यस सँगै बीमा कम्पनीहरुको निक्षेप पनि ७.९९ प्रतिशतमा झरेको अध्यक्ष सुनिल केसीले जानकारी दिएका छन् । प्रधामन्त्री पुष्पकमल दाहाल सहित अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले हिजै निक्षेपको व्याजदर घटाउने जानकारी दिए । नेपाल राष्ट्र बैंकले पत्रकार सम्मेलन गरेर बैंकको व्याजदर बजारले तय गर्ने तर यसका लागि नेपाल सरकार सँग छलफल भइरहेको बताएको थियो । नेपाल उद्योग बाणिज्य महासंघको महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि बैंक व्याजदर धेरै भएको घटाउने विषयमा छलफल भइरहेको बताएका थिए । उद्योगी व्यवसायीहरुले बैंक व्याजदर चर्क भएको भन्दै चर्को विरोध गर्दै आइरहेका थिए । व्याजदरकै विषयलाई लिएर व्यवसायीहरुले लामो समयदेखि विरोध जनाउदै आएका थिए । पछिल्लो आर्थिक मन्दीका कारण समग्र अर्थत्नत्र नै स्लोडाउन भइरहेको अवस्थामा बैंकहरुले व्याजदर घटाउने निर्णय गरे सँगै केहि राहत पुग्ने विश्लेषण गरिएको छ । निक्षेपको व्याजदर घटे सँगै बीमा कम्पनीहरु भने सबैभन्दा धेरै प्रभावित हुने भएका छन् । ७०–८० प्रतिशत भन्दा धेरै रकम बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपमा जम्मा गरेका बीमा कम्पनीहरुलाई भने धेरै असर पर्नेछ । तर समग्र अर्थतन्त्रलाई भने केहि राहात दिने छ ।

सम्बन्धित समाचार