free website hit counter

पार्टीको बैठक छाडेर गुट जगाउँदै पौडेल

beemaadmin
२०७६ मंसिर ३०, सोमबार

काठमाडौं । महाधिवेशनको कार्यतालिका पार्टीको केन्द्रीय समितिको एजेन्डा बन्नुपर्ने माग राख्दै बैठक बहिष्कार गर्दै आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार पनि केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेका छन् । अघिल्लो बैठक पनि पाथीभरा दर्शनको बहानामा छुटाएका पौडेलले लगातार तीनवटा बैठकमा अनुपस्थिति जनाएर गुटको बैठकमा सहभागी हुन थालेका छन् । उनलाई मनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिलाई साथमा लिएर पौडेल निवासमै पुगे पनि पौडेलले आफ्नो अडान छाडेका छैनन् ।

पौडेल पक्षले बैठक बहिष्कार गरे पनि पार्टी सभापति देउवाले भने बैठकलाई निरन्तरता दिइरहेका छन् । आज पनि संस्थापन पक्षसँग वार्ता गरेको पौडेल समूहले आफ्नो अडान कायमै राखेको थियो भने संस्थापन पक्ष आफ्नो पुरानो एजेन्डा टसमस नहुने संकेत गरेपछि पौडेल पक्ष बैठकमा नजाने निर्णयमा पुगेको हो । पौडेल पक्ष बैठक बहिष्कार गरेर अहिले गुटको भेलामा सहभागी भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार